कलिउड फिल्मी समाचारहरू सिनेमा

‘पुरानो बुलेट’ को फस्र्टलुक सार्वजनिक

नायक अनुपबिक्रम शाही अभिनित  चलचित्र ‘पुरानो बुलेट’को तीन फस्र्टलुक सार्वजनिक भएको छ । भीषण राईको ‘डेब्यु’ निर्देशन रहेको चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य कलाकार अनुपविक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बुको अभिनय रहरको छ । वर्षालाई गाउँले भेषमा प्रस्तुत गरिँदा माला केहि बोल्ड देखिन्छिन् ।

स्टाइलिस अभिनेताको छाप छोडेका अनुपले सुरुवाती फेजको ‘खलपात्र’को लोकप्रियतालाई बिस्तारै हिरोइज्ममा ‘भिलेन टर्न हिरो’ गर्दै अघि बढेका छन् । उनिले अभिनय गरेको केहि पछिलो फिलिम हरु खासै बक्स अफिस कुनै कमाल देखाउन सकेको छन् तर पनि फिलिम भने पाइनै रहेका छन् भने प्रदर्शन हुने क्रम पनि जारी नै छ यसै क्रम मा आउदो  चैत १ गते पनि शाही को फिलिम प्रदर्शन हुनेछ यो फिल्मलाई फेब्रुअरी २३ मा हङकङमा प्रिमियर पनि  गरिदैछ । प्रिमियरलाई मध्यनजर गर्दै पोस्टर सार्वजनिक गरेको निर्माण टिमले यो लगत्तै ट्रेलर रिलिज गर्ने तयारी गरिरहेको छ ।

चलचित्रको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणसँग सन्तोष राईले साझेदारी गरेका छन् । सन्तोष यो चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्र ‘पुरानो बुलेट’मा अशोककुमार राई (अशोक साम्पाङ) दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन् ।

205 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *