आगामी सिनेमाहरू फिल्मी समाचारहरू सिनेमा

‘साथि तिमि नै हौ ‘ माघ २५ मा आउने

यहि आउदो माघ २५ गते देखि ‘साथि तिमि नै हौ’  देशब्यापी रुपमा प्रदर्शन हुने भएको छ हरि उदासी को निर्देशन  रहेको फिलिममा झरना थापा, अर्जुन न्यौपाने, सुरबीर पण्डित ,रबिन्द्र खड्का ,रामकेशर बोगटी ,लिलाराज ठकुरी ,सन्तोष माझी पल्पसा डंगोल, बिराज कठेत, सरु पोखरेल र नवनायिका अनामिका चौलागाईको अभिनय रहेको फिलिम नेपालको बिभिन् शहर को रमणीय स्थलहरुमा छायांकन गरिने  काम महेश कार्की र रामेश्वर हुमागाई को रहेकोछ |

अरुण फिलिम्स प्रालि मा निर्मित फिलिम को निर्माताहरुमा मुक्त बहादुर नेपाली, सन्तोष माझी, लिलाराज ठकुरी बिराज कठेत रहेका छन् सह निर्मात्रीमा सबिता भट्टराई रहेको फिलिममा  कथा पटकथा /संबाद स्वम उदासी को रहेको छ |द्न्द देब महर्जनको संगीतमा भने पूर्ण परियार को रहेको छ |फिलिम का निर्देशक उदासी ले नायिका झरना थापा को कम्ब्याक रहेको र यो फिलिममा समाजमा हुने दलित र उच्च बर्ग जति को बीच को कथा यस फिलिम देखाउन खोजिएको कारण आफ्नु फिलिम चल्ने मा आफु आशाबादी रहेको उदासी ले जय सिनेमा डट बताएका छन |निर्देशक उदाशीको यो ९ औ निदेशन गरेको ‘साथि तिमि नै हौ ‘ चलचित्र हो |

स्मरण रहोस उनले २०६२  सालमा प्रदर्शन भएको  सुपर हिटफिलिम’ ‘भाईमारा’ फिलिम निदेशक हुन् यो फिलिमलाई चलचित्र जाचपास समितिले युनिभर्सल प्रमाणपत्र दिएको छ  निर्माण पक्ष्यले  एकासी फिलिम माघ २५ गते प्रदर्शन मिति तय गरे पनि दर्शक लाई हलसम्म तान्न त्यति सजिलो भने छैन किन भने सोहि मितिमा मुस्कान ढकालले निदेशन गरेको उपन्यास आधारित फिलिम ‘समरलभ’ पनि एकै साथ प्रदर्शन हुदै छ | ‘साथि तिमि नै हौ ‘  फिलिम लाई प्रदर्शन जिम्मा भने चर्चित वितरक सुनिल मान्धर को श्री राम बालाजी फिलिम ले अल नेपाल बितरण को जिम्मा लीएका छन्|

श्रीराम बालाजी फिलिम्स बितरण जिम्मा लिएको अधिकांस फिलिमहरुले काठमाडौं र बाहिरका हल पाउने भएको ले फिलिम समर लभले सिंगल हल कम पाउने भएको छ | फिलिम को प्रस्तुतकर्ता मा अर्जुन न्यौपाने रहेको छन|

 

389 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *