News आगामी सिनेमाहरू कलिउड फोटो ग्यालरी सिनेमा

प्रणय दिवस को अवसर पारि ‘प्रेम दिवस’को दुई पोस्टर सार्वजनिक

 

सञ्जय न्यौपानेको निर्माण रहेको ‘प्रेम दिवस’को दुई पोस्टर सार्वजनिक भएको छ । चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य कलाकार प्रियंका कार्की, आयुष्मान देशराज जोशी र डेव्यु अभिनेता विशाल खरेल फिचर्ड छन । चलचित्रको एक पोस्टरमा अभिनेत्री प्रियंका कार्कीलाई दुई अभिनेतासंग र अर्को पोस्टरमा अभिनेत्री प्रियंका र आयुष्मानलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

 चलचित्रको नाम अनुसार ‘प्रेम दिवस’ अर्थात ‘भ्यालेनटाइन डे’को अवसर पारेर चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो । चलचित्रमा प्रियंका कार्की , आयुष्मान देशराज जोशी, विशाल खरेल ,हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुईटेल लगायतका कलाकारहरु को अभिनय रहेको छ ।

रियल मोसन पिक्चर्स’ र ‘एस। एन। प्रोडक्सन प्रा। ली।’को ब्यानरमा निर्माण भएको चलचित्रमा सञ्जय न्यौपानेको लगानी छ भने चलचित्रलाई योगेस घिमिरेले निर्देशन गरेका छन् । ‘प्रेम दिवस’मा रमेश चौधरी र उत्सव दहाल सह(निर्माता रहेको छ । चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद, मानकृष्ण महर्जनको छायांकन, रोशन श्रेष्ठको द्धन्द्, अर्जुन पोखरेल, महाराज थापा र करण सिंह कार्कीको संगीत, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

 

353 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *