News आगामी सिनेमाहरू फिल्मी समाचारहरू

‘बिर बिक्रम २’ जेष्ठ ३ गते देखि प्रदर्शन हुने

निर्देशक मिलन चाम्सको निर्देशन रहेको चलचित्र’ बिर बिक्रम २’ को प्रदर्शन मिति हिजो शुक्रबार चलचित्र का नायक पल शाह को जन्म दिनको अबसर पारेर  निर्माण टिमले प्रदर्शन मिति जेष्ठ ३ गते लाइ तय गरेको छ | यस अघि यो चलचित्र चैत २९ गते प्रदर्शन हुने भनेको थियो तर सो डेटमा चलचित्र ‘यात्रा’ र ए मेरो हजुर ३ प्रदर्शन हुने भएकोले बिर बिक्रम २ ले एक महिना  पर सारी  जेष्ठ ३ गते लाई आफनो प्रदर्शन मिति तय गरेको हो सो डेटमा  नै योगेश घिमिरेको निर्देशन रहेको चलचित्र’ प्रेम दिवस’ ले प्रदर्शन मिति एक महिना अगाडीनै  घोषणा गरेको थियो अब भने सो डेटमा दुई चलचित्र बिर बिक्रम २ र प्रेम दिवस  एकै साथ लाग्ने भएका छन् |

चलचित्र प्रेम दिवस ले करिब एक महिना अगाडी तिम्रो छेक सरु कि म बोलको गीत सार्वजनिक गरेको थियो सो सार्वजनिक गरिएको गीतको राम्रै प्रतिक्रिया पाईरहेको छ सो कार्यक्रममा नै प्रेम दिवश चलचित्रले प्रदर्शन मिति तय गरेको थियो त्यस्तै गरि बिर बिक्रम २ चलचित्रले पनि चलचित्र देउता को हिट गितलाई रिमेक भर्सन पिरती को मिठो तिर्सना बोलको गीतलाई राम्रो साथ दिईरहेका छन्

चलचित्र बिर बिक्रम २ मा आकाश श्रेठ ,वर्षा सिवाकोटी,नजिर हुसेन बुद्धि तामांग बिनिसा भण्डारी, देशभक्त खनाल  विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको पनि अभिनय छ ।भने चलचित्र ‘प्रेम दिवस’ मा प्रियका कार्की ,आयुशमान देसराज जोशी बिशाल खरेल लगायत कलाकारको अभिनय रहेको चलचित्र को निर्माता संजय न्यौपाने रहेका छन्

340 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *