News आगामी सिनेमाहरू फिल्मी समाचारहरू

‘चट्ट रुमाल’मा कस्तो देखिए सलिनमान

दर्शक अगाडीको हिट फिलिम’ आफनो मान्छे’ चलचित्रको समाबेश गीत ‘चट्ट रुमाल क्या मालुम ‘लाई लाई रि एरेन्ज गरि ‘यात्रा द भल्ग ‘चलचित्रमा समाबेश गरिएको गीतको आज निर्माण टिमले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरि गीतको रिमेक भर्सनको गीत  सार्वजनिक गरियो |बाबुराम दाहालको शब्द रचनामा तयार पुरानो भर्सनमा संगीत शम्भुजित बाँस्कोटाको रहेको छ । भने, शम्भुजित र साधना सरगमले स्वर दिएका थिए । रिमेक भर्सनमा भने धर्मेन्द्र सेवान र मेलिना राइले स्वर  रहेको गीतको  राजन इशानले रि-एरेञ्ज गरेका हुन् गीतलाई प्रविन सिंहले कोरियोग्राफी गरेका चलचित्रमा

गीतको भिडियोमा फिल्मका लिड कलाकारहरु सलिनमान बनियाँ, सलोन बस्नेत, डेब्यु गर्ल मलिका महत्त, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटालगायतलाई फिचर्ड गरिएको छ । गीतको कोरियोग्राफी अत्यन्त कमजोर छ । ‘चट्ट रुमाल’ गीतको पुरानो भर्सनमा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री निरुता सिंहले ठुम्का लगाएका थिए ।
फिल्ममा सुहाउने भएकै कारण ‘चट्ट रुमाल’ गीतलाई राखिएको निर्माताका मध्येका एक केशव भट्टराईले जानकारी दिए । उनी फिल्म ‘आफ्नो मान्छे’ मा पनि निर्माता थिए । गीतलाई झन्डै ४ दिन लगाएर छायांकन गरिएको थियो । निकै चर्चित गीतलाई फिल्मले नयाँ पुस्तामा लाग्ने विश्वास सलिनको छ । फिल्ममा उनी भ्लगरको भूमिकामा छन् ।
सम्राट शाक्य यसका निर्देशक हुन् । केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ । यसलाई संजय लामाले खिचेका हुन् ।

261 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *