News आगामी सिनेमाहरू फिल्मी समाचारहरू

फेरी निर्देशक घायल ले अर्को चलचित्र ” काँचुली ” निर्देशन गर्ने पक्का

एक पछि अर्को चलचित्र निर्देशन गर्दै आई रहेका शंकर अधिकारी घायल फेरी अर्को चलचित्र पनि निर्देशन गर्ने भएका छन् उनले हाल सम्म ४ चलचित्र निर्देशन र ३ दर्जन भन्दा बढी म्युजिक भिडियो निर्देशन को अनुभब हासिल गरि सकेका घायल ले अब बिजी  बर्माको ब्यानर मा कला राई को प्रस्तुती तथा शंकर अधिकारी घायलको लेखन र निर्देशनमा नेपाली कथानक चलचित्र ” काँचुली ” निर्देशन  गर्ने भएका छन् |
युवा युवती विचको बास्तविक प्रेम कथालाई समेटेर चलचित्र निमार्ण गरिने चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए । चलचित्रलाई देशका विभिन्न रमणिय एवम पर्यटकिय स्थानमा छायाँकन गरिने भएको छ ।

हाल चलचित्रका लागी आवश्यक विभिन्न कलाकारहरुको छनौट कार्य भएको समेत उनले बताए । चलचित्रमा बास्तविक भोगाईहरुलाई समावेश गरिने समेत उहाँले बताउनुभयो । राजन महर्जन को नृत्य, देब महर्जनको द्वन्द रहने भएको छ । आगामी नया बर्ष बाट छायांकन सुरु गरिने समेत उनले बताए ।

249 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *