आगामी सिनेमाहरू कलिउड

‘जात्रै जात्रा ‘को ट्रेलर सार्वजनिक चलचित्रको कथा १० केजी सुन वरिपरी

यही जेठ ३ गते प्रदर्शनको तयारीमा रहेको सफल चलचित्र ‘ जात्रा’ को हिट सिक्वेल ‘जात्रै जात्रा’ को  अफिसियलट्रेलर आज युट्युवमार्फत  सार्वजनिक गरिएको छ |चलचित्रको ट्रेलरमा २०७५ सालको अति नै चर्चित साढे ३३ किलो सुन काण्डको बिषय लाई व्यंग गरी यसै बिषय मा रही दस केजी हराएको सुनको वरिपरी चलचित्र घुमेको छ यस पाली  नायक दयाहांग राई खाल पात्रको रुपमा सुन खोजिमा देखापरेका छन्|

 चलचित्रमा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, दयाहाङ राई लगायत को अभिनयमा रहेको चलचित्र निर्देशक प्रदिप भट्टराईको निर्देशन  मित्र डि गुरुङको सम्पादन रहेको फिल्ममा शिवराज श्रेष्ठको छायाँकन  सिंगे लामा र यज्ञेश्वर पौडेलले निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्माता रबिन्द्रसिंह बानियाँ रहेको यस चलचित्र ले यस अघि ‘जीवन जात्रा हो’ र ‘माया पिरिम’ बोल को गीत

सार्वजनिक गरीसकेको छ र आज निर्माण टिमले चलचित्रको  आज ट्रेलर सार्वजनिक गरेको हो सार्वजनिक २ गीत बाट निर्माण टिमलाई  राम्रो प्रतिक्रिया मिलिरहेको बेला आज सार्वजनिक ट्रेलरले चलचित्रलाई दर्शक पहिला को सिक्वेल जस्तै मन पराउने यो ट्रेलर छनक देखाएको छ सोहि डेटमा अर्थात् जेठ ३ गते नै  अर्को सिक्वेल चलचित्र’ बिर बिक्रम २’ पनि प्रदर्शन हुदै छ उक्त टिमले पनि हिजो आफ्नो चलचित्रको  ट्रेलर सार्वजनिक गरी सकेको छ |

283 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *