event

चलचित्र प्रचार प्रसारको लागि वर्षा पार्लर उद्घाटन सम्म

यही जेठ ३ गते देखि प्रदर्शन को तयारी मा रहेको चलचित्र’ बिर बिक्रम २ ‘को नायिका  बर्षा सिवाकोटी यति खेर चलचित्र को प्रमोसनमा निकै ब्यस्ता बढेको छ उनको हरेक दिन कहिले टेलिभिजन च्यानल युटुब च्यानलमा हरेक दिन जसो फिलिमको बारे अन्तर्वार्ता दिदै यसरी दैनिकी चली रहेको छ नायिकासिवाकोटीको

यसै क्रममा हिजो  शनिबार उनि लगनखेल स्थिती एक लेडिज पार्लरको उद्घाटन गर्न समय निकालिन । ब्युटिसियन गिता गिरिले सन्चालनमा ल्यायको मायाज ब्युटि पार्लर एन्ड ट्रेनिङ सेन्टरको तेस्रो शाखाको बर्षाले रिबन काटि शुभाराम्भ गरेकि हुन् ।कार्यक्रममा बर्षालाई पार्लरको तर्फबाट सन्चालिका गिता गिरि र अन्यले भब्य स्वागत समेत गरेकी थिन  पार्लरको सफलताको कामना गर्दै ठुलो केक समेत काटिए थियो।

कार्यक्रममा बोल्दै बर्षाले पार्लरको सफलताको कामना समेत गरेकी थिइन। ।सोही क्रममा संचालिका गिता गिरिले पनि मायाजको जुन सुकै शाखामा गएपनि कलाकारहरुलाई बिशेष छुट दिने बताएकि थिइन। कार्येक्रममा वर्षाले आफु अभिनित पछिल्लो चलचित्र बिर बिक्रम -२ हेर्नलाई निम्तो समेत दिएकि थिइन। उनले यो चलचित्र बाट निकै आशा जो राखेकी छिन् उनि अभिनित पछिल्लो चलचित्र पशुपति प्रसाद बाहेक अन्य चलचित्र खासै राम्रो बक्स अफिसमा कलेक्सन गर्न सकेको छैन त्यसैले यो चलचित्रको प्रोमोसनमा उनि लागि परेकी छिन् र चलचित्र प्रोमोसनको लागि हरेक कार्यक्रम गई ‘बिर बिक्रम २’ को नै  कुरा गर्ने गर्छिन सो कार्यक्रम पनि आफ्नो चलचित्र को बारे बोलेकी थिन मायाजको पहिलो शाखा सुर्यबिनायक भक्तपुरमा छ भने दोस्रो बानेश्वरमा रहेको छ।बानेश्वर शाखाको गत बर्ष अभिनेत्री सन्चिता लुइँटेलले शुभारम्भ गरेकी थिइन।

307 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *