आगामी सिनेमाहरू फिल्मी समाचारहरू

सबिनले अनु लाई लागो काउसो भने

अर्नभ फिल्मस प्रोडक्सन प्रा.लि’को प्रस्तुतिमा निर्माण भएको चलचित्र’ काउसो’ चलचित्रको पहिलो टाईटल गीत’ लागो लागो काउसो’  बोलको गित आज साईराम पिचर्सको युटुब च्यानलबाट निर्माण टिमले  सार्वजनिक गरेको छ | सार्वजनिक गीतमा स्वर जुनु रिजाल र राम चन्द्र काफ्ले रहेको गीतमा बिकाश चौधरीको संगीत मदन घिमिरेको शब्द ,  बिक्रम स्वार को कोरियोग्राफी रहेको सार्वजनिक गीतमा नायक सबिन श्रेष्ठ अनु पराजुली र अर्जुन गुरुङ लाई देखन सकिन्छ |मदन घिमिरेको निर्देशन रहेको यो चलचित्र आउदो जेठ १७ गते देखि अल नेपाल प्रदर्शन हुने भएको छ  | सोहो डेटमा अर्थात् जेठ १७ गते नै अन्य तिन चलचित्र कप्स’ कुम्भ करण र गुप्त प्रदर्शन हुने भएको छ यी चारै चलचित्रहरु ले आफ्नो चलचित्र प्रचारप्रसारमा को क्रम मा चारै चलचित्रहरुले आफ्नो चलचित्र ट्रेलर , गीत पोस्टर र बिभिन् कलेजहरुमा फिलिमको प्रचारमा तिब्रताका साथ दिई रहेको अबस्थामा आज चलचित्र काउसोले पनि ट्रेलर सार्वजनिक गरे पछि आज गीत सार्वजनिक गरेको हो |

चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ,  रमेश बुढाथोकी, रामचन्द्र अधिकारी,  नबिन आचार्य ,सुरेन्द्र चापागाई,  सन्नी भट्टराई, सोनीका बास्तोला ,उग्रसेन ढुंगाना,  अनु पराजुली,र बाल कलाकारमा असिम तिमल्सिना आदि को अभिनाय रहेको छ ।प्रस्तुतकर्ता अर्नभ बस्नेत हुन् भने निर्माता मा  राजेन्द्र बस्नेत ,सिताराम तिमल्सिना ज्याक, भगवान खत्री रहेका छन ।  चलचित्रको कथा तथा निर्देशन मदन घिमिरेको पटकथा/ संबाद भोजराज देवकोटाको चलचित्रमा संगीत बिकास चौधरी, द्न्द् शंकर महर्जन र नृत्यमा बिक्रम स्वार छायाँकन रामेश्वर हुमागाईको सम्पादन नबिन निरौलाको प्रोडक्सन डिजाईनर सुर्य बुढाथोकीको रहेको चलचित्रको कार्यकारी निर्मातामा अन्चिला केसी रहेकी छिन्  भने चलचित्र उपत्यका भित्र बिके फिल्मस र उपत्यका बाहिरको लागि एफडी कम्पनीले बितरण गर्ने भएको छ |

169 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *