आगामी सिनेमाहरू फिल्मी समाचारहरू

‘घर’ को पोस्टर सार्वजनिक साउन ३ गते प्रदर्शन हुने

अर्पण थापाको निर्देशन रहेको चलचित्र घरको पहिलो पोस्टर सार्वजनिक सगै चलचित्र को प्रदर्शन मिति पनि फाईनल गरी यो चलचित्र यही आउदो साउन ३ गते देखि अल नेपाल प्रदर्शन हुने भएको चलचित्रका निर्माता मध्ये एक निर्माता दिपेन्द्र के खनाल ले पोस्टर सार्वजनिक कार्यक्रम मा जानकारी गरेका थिए |

सार्वजनिक ट्रेलर नायिका सुरक्षा पन्त डर लाग्दो रुपमा देखिएकी छिन् यस चलचित्रको मुख्य कलाकारमा निर्देशक अर्पण थापा रहेका छन् यो चलचित्र २० दिन मा छायाँकन सकिएको चलचित्रलाई शर्मिला पाण्डे ले निर्माण गरेकी हुन् भने यस चलचित्र प्रस्तुतकर्ता सुरज पाण्डे हुन् यस अघि शर्मिला पाण्डे ले लभ, लभ, लभ र चंगा चेट निर्माण गरिसकेकी छिन् र अहिले उनले आमा चलचित्र निर्माण घोषणा समेत गरिसकेकी छिन् जहाँ चलचित्र निर्देशकको रुपमा दिपेन्द्र के खनाल रहने छन् |चलचित्र ‘घर’ को कथा निर्देशक थापा स्वयंको हो । अभिनयमा आफूलाई अब्बल प्रमाणित गरिसकेका उनी निर्देशकको रुपमा पनि आफूलाई स्थापित गर्न संघर्षरत छन् । उनले यसअघि हरर जनराकै फिल्म ‘सुनकेशरी’ बनाएका थिए । नेपालमा विरलै बन्ने र चल्ने हरर जनराको फिल्ममा लगातार जोखिम मोलिरहेका अर्पणले ‘घर’ बाट निकै ठूलो बोकेका छन् । 

158 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *