फिल्मी समाचारहरू सिनेमा

चलचित्र कुम्भ करण को प्रदर्शन मिति नजिकिए सगै प्रचार प्रसार मा तिब्रता

आकाश पल इन्टेर्टेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ” कुम्भ करण ” को प्रचार प्रसार तिब्र पारीएको छ । हिजो सोमबारको दिन देखि आफ्नो प्रचार प्रसारको कार्यक्रममा चलचित्रको टिमका प्राय सम्पूर्ण उपस्तिथी थिए भने केहि कारण बस मुख्य नायक गौरब पहरी उपस्तित नभए पनि आज भने उनको उपस्तिथीमै कार्यक्रमको आरम्भ र समापन भएको छ ।

यहि आउदो जेठ १७ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रको कथामा नै मुख्य नायक र नायिका शिक्षक र शिक्षिका रहेको हुनाले चलचित्रको टिमले चलचित्र प्रचार प्रसार पनि कलेजबाटै शुरु गरेको हो । आजको कार्यक्रममा नायक गौरब पहारी, भोलाराज सापकोटा ,वितरक करण श्रेष्ठ र बाहिर केदार प्रराजुली, निर्देशक दिपक ओली उपस्थित थिए । केहि दिन अघि मात्र चलचित्रको पोस्टर अनि ट्रेलर सार्वजनिक भैसकेको छ । ट्रेलरले राम्रै प्रतिक्रिया पाएको टिमको भनाइ छ । चलचित्रमा महेश दवाडीको पटकथा सम्बाद, गोबिन्द मधुर आचार्यको संगीत र कोरियोग्राफीमा सुनिल बसेल रहेका छन ।

चलचित्रलाई हरि घले लामाले खिचेका छन भने सम्पादन मिलन श्रेष्ठको रहेको छ । चलचित्रमा चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको छ । चलचित्रमा सह निर्माताको रुपमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ रहेका छन । कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल (अरुण ) रहेका छन भने लाईन प्रडूसरमा सरिता गिरि समेत रहेकी छन । चलचित्रमा नायिका निशा अधिकारी ,गौरब पहाडी, भोलाराज सापकोटा , अभय बराल, प्रमोद अग्रहरी , आकाश पल, कुलदिप अधिकारी , कमल गाउले , प्रतिभा छेत्री, सुधब थापा लगाएतको अभिनय रहेको

223 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *