‘साईनो ‘चलचित्र को गीत सार्वजनिक टिक टक बनआउने लाई पुरस्कार दिने
यहि आउदो साउन २४ गते देखि प्रदर्शनको तयारीमा रहेको चलचित्र’ साईनो’ को दोश्रो गीत हिजो निर्माण टिमले’ कुन मायाको साईनो ‘बोलको रिलिकल गीत युटुब मार्फत सार्वजनिक गरेको छ |सार्वजनिक गीतमा संगीत निता ढुंगाना,राज कुमार र मिरुना मगर को त्रिकोणात्मक देखीएको गीतमा प्रताप दास र जिना रसाइली को स्वर रहेको गीतमा शब्द संगीत राजेश श्रेठको रहेको गीतको कोरियोग्राफी रामजि लामिछानेको रहेको छ |
बरिस्ठ अभिनेत्री भुवन चन्द थापा को निर्माण रहेको चलचित्रमा नायिका निता ,मिरुना राजकुमार सगै भुवन चन्द थापा, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, बिशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बसुकला मैनालीलगायतका कलाकारको अभिनय छ ।अभिमन्यु निरवी लिखित सिनेमाको कार्यकारी निर्माता शरण थापा हुन् । चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानर निर्माण भएको सिनेमामा रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन रहेको छ

रमेश थापा निर्देशित सिनेमाले यसै गीतको लागि ‘टिक-टक च्यालेन्ज’ पनि बाहिर ल्याएको छ । गीतको कुनै पनि अंशमा इच्छुकले टिक-टकबाट भिडियो बनाउन सक्नेछन् । यसरी बनाइएको टिक-टक भिडियोलाई सिनेमा ‘साइनो’को अफिसियल फेसबुक पेजमा सेन्ड गरेर च्यालेन्जमा सहभागिता जनाउन सकिनेछ ।च्यालेन्जमा उत्कृष्ट हुने भिडियोलाई निर्माण टिमले आकर्षक पुरस्कार पनि तय गरेको छ । जस अनुरुप प्रथम हुने भिडियोलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजारको दरले पुरस्कार छुट्टयाइएको छ ।
त्यस्तै पाँच जनालाई गिफ्ट ह्याम्पर र दुई जना भाग्यशालीलाई आस्था कला केन्द्रमा १ वर्षको लागि निशुल्क प्रशिक्षणको व्यवस्ता गरिनेछ । विजेताहरु घोषणा सिनेमा रिलिज अगावै हुनेछ ।