कलिउड फिल्मी समाचारहरू

‘छ माया छपक्कै ‘को छायांकन नसकी महँगो मुल्यमा बिक्रि भयो बिदेश राईट्स

निर्देशक दिपेन्द्र लामा निर्देशन रहेको ‘छ माया छपक्कै’ चलचित्र केहि प्रतिशत छायांकन बाकी रहेको बेलामा यस चलचित्रको बिदेशमा चलाउनको लागि महँगो मुल्यमा यो चलचित्रको राईट्स बिक्रि गर्न सफल भएको छ |

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भई रहेको यस चलचित्र एक लोकगीत छायाकन हुन् बाकि रहेको अवस्थामा यस चलचित्रको ओभरसिज राईट्स निशान भट्टराईले १ करोड १६ लाखमा खरिद गरेका छन् अब यो चलचित्र विदेशमा चलाउन निशान भट्टराई संग सम्पर्क गरि उनि संग विदेशमा चलाउनको लागि राईट्स खरिद गर्नु पर्ने छ |यो चलचित्रको चाडै नै राजधानीको कुनै एक ठाउमा गीत छायांकन गरिने यो चलचित्र यही आउदोविजयादशमीको मौका छोपी अर्का निर्माता एबम निर्देशक अशोक शर्माको चलचित्र रातो टिका निधारमा संग एकै साथ प्रदर्शन हुने छ

चलचित्र ‘छमाया छपक्कै ‘ मा दीपकराज गिरीसँग अभिनेत्री केकी अधिकारीको जोडी बाँधिएको छ । केदार घिमिरे, जितु नेपाल, पैकाश घिमिरे, पुष्कर गुरुङ, सुपुष्पा भट्टलगायतका कलाकारहरुको पनि सिनेमामा मुख्य भुमिका रहेको छ । सिनेमाले ४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित छ । दीपक र दीपाको समुहले मुनाफाको ५० प्रतिशत लिने सर्तमा यो सिनेमा गरेको हो । सिनेमाका शोलो निर्माता रोहित अधिकारी हुन् । हरि हुमागाइँले सिनेमा छायाँकनको जिम्मेवारी सम्हालेका छन् ।

163 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *