News कलिउड

अब ‘पुरानो बुलेट’ धरानमा

क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ २०७५ साल अन्तिम महिना अर्थात् चैत १ गतेको दिन देखि सार्वजनिक प्रदर्शन मा आएको थियो सार्वजनिक प्रदर्शनी सगै देश बाहिरका दर्शक हरुको माग सगै निर्माण टिमले देश बाहिर बिभिन् देशमा शो समेत गरेको थियो र अब भने चलचित्र ‘पुरानो बुलेट’ धरान मा पनि च्यारिटी शो हुने भएको छ |धरानमा अवस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा अध्ययन गरेका २०५५ सालका ब्याचले च्यारिटी गर्न लागेको संयोजक विजय अछामीले जानकारी दिए । धरानको गोर्खा सिनेप्लेक्समा साउन १८ गते शनिबार बिहान ९ बजेको शो गरिने भएको संयोजक अछामीले बताए ।चलचित्रका निर्देशक भीषण राई समेत सोही ब्याचका विद्यार्थी भएकाले पुराना साथीहरूको जमघटसँगै अपाङ्गता भएका सहपाठीको सहयोगार्थ च्यारिटी गर्न लागेको आयोजकले बताएको छ ।

चलचित्र ‘पुरानो बुलेट’ चलचित्रलाई विरेन साम्बा, अशोक साम्पाङ, दिपेन लिम्बु र टिकाराम राईले संयुक्त रुपमा निर्माण गरेका हुन् । यस्तै चलचित्रको कार्यकारी निर्माता÷कथाकार भने सन्तोष राई हुन् ।पुरानो बुलेट हङकङ, कोरिया र जापान लगायतका देशहरुमा प्रदर्शन भइसकेका छन् भने अमेरिका र सिंगापुरमा प्रदर्शन हुने तयारी भइरहेको क्रेजी इन्टरटेनमेन्टले जानकारी दिएको छ । चलचित्र यसअघि नेपालको चतरामा पनि च्यारिटी शो भइसकेको छ ।

133 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *