News कलिउड

भोलि शुक्रबारदेखि अल नेपाल ‘एकलब्य’ प्रदशन हुने

भोलि शुक्रबार साउन १० गते देखि अल नेपाल एकै साथ करिब ६० भन्दा बढी हलहरुमा मा प्रदर्शन हुने भएको छ |अनमोल शर्माको निर्देशन रहेको चलचित्र समसामयिक बिषयमा निर्माण गरिको सामाजिक प्रेम कथामा आधारित रहेको चलचित्रमा यसमा फिल्म्का अभिनेताद्धय सोनाम थापा मगर र पुष्कर राउतको एक्सन ससक्त छ । यो चलचित्रमा सोनम थापामगर, पुष्कर राउत, ओसिन भट्टराई, महिला सिलवाल, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, सुमन ढकाल बिराग लोगुनसहितको अभिनय रहेको छ 

 ‘ एकलब्य’लाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् । चलचित्र एकलब्यलाई अनमोल शर्माले निर्देशन गरेका हुन् । दर्जन भन्दा बढी चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरिसकेका शर्माको यो डेब्यु निर्देशन हो । यो चलचित्रमा कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत÷संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद रहेको छ । चलचित्रको ट्रेलर र चलचित्रको गीत बाट निकै राम्रो प्रतिक्रिया पाईरहेको छ । दुई साता अघि यो चलचित्रको ‘पूर्वै चल्नेया रेल…’को भिडियो रिलिज गरिएको थियो । रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा रहेको लोक लयमा आधारित यो गीतको भिडियोलाई दर्शकले मन पराएका छन् ।अब भोलि देखि प्रदर्शनको तयारीमा रहेको यो चलचित्र लाई कतिको रुचाउने हो त्यो भने प्रदशन भएको पहिलो दिन शुक्रबार शनिबारको ब्यापार ले थाहा हुने छ |

85 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *