News कलिउड

आज शुक्रबार बाट ३ चलचित्र प्रदर्शनमा दर्शकको उपस्थिति शुन्य

आज शुक्रबार अर्थात् साउन २४ गते तिन चलचित्रहरु एकै साथ प्रदर्शनमा आएका छन् बिश्व ब्यापी रुपमा आज शुक्रबारका दिन देखि चलचित्र प्रदर्शन हुने परिपाटी चल्दै आईरहेको छ सोहि परम्परा लाई आत्मसाथ् गर्दै आज शुक्रबार कलिउडमा पनि नेपालको प्रथम नायिकाले निर्माण गरेको चलचित्र’ साईनो’ .निर्देशक दिनेश पौडेलको’ रे’ र निर्देशक शंकर अधिकारी घायलको काँचुली प्रदर्शन आएका छन् |

आज प्रदर्शनमा आएको यी तिनै चलचित्रको बिहानी शो देखि अहिले बेलुकी शो सम्म कुनै चलचित्र दर्शकको उपस्थिति शुन्य रहेको छ |हुनत यो साउन महिनामा अरु महिना भन्दा कम दर्शकहरु चलचित्र हेर्न आउछन् तर साउन महिना पनि राम्रो चलचित्र प्रदर्शन आए दर्शकहरु हल भिड भएको हामि संग धेरै उदारण छन् यो पटक तिन चलचित्रहरुमा अलि बढी आशा गरिएको चलचित्र थियो नेपालको प्रथम नायिकाले निर्माण गरेको चलचित्र ‘साईनो’ यो चलचित्र पनि खासै दर्शकहरु उपस्थिति शुन्य सरह नै रहेको छ त्यस्तै दिनेश पौडेलले निर्देशन गरेको चलचित्र’ रे’ को हालत पनि त्यस्तै बिजोग रहेको छ अर्को चलचित्र काँचुली त के भन्नु |लगानीका हिसाबले यी तिन चलचित्र मा सबैभन्दा बढी ‘साईनो’ पछि चलचित्र’ रे’ को रहेको थियो त्यस पछि काँचुली चलचित्र लगानी निर्माता नै थाहा होला ‘ साईनो ‘चलचित्रले केहि मल्टिपेलेक्स तथा सिगंल दुवै हलमा गरी करिब ८० भन्दा माथि हलमा लागेको छ भने’ रे’ चलचित्र ले करिब ४० सिंगल हलहरु मा लागेको छ अर्को चलचित्र’ काँचुली’ ले करिब २५ सिंगल हलहरुमा प्रदशन भएको छ |

चलचित्र चलाउनको लागि चलचित्र राम्रो हुदैमा दर्शक हल सम्म आउछन् भने हुदैन् यसका लागि निर्माताहरु प्रचारप्रसारमा पनि धयान दिन जरुरी छ| यी तिन चलचित्र मध्ये’ साईनो’ चलचित्रले निर्माण घोषणा देखि निकै तामझामका साथ कार्यक्रम गरेको मा अहिले चलचित्र प्रदशन हुने समय सायाद निर्माता को गोजी रितिएर एकासी हल प्रदर्शनमा आएको होला अन्य २ चलचित्र त के हालत भयो होला अब भोलि शनिबार को शो दर्शकमा भने आशा गर्न सकिन्छ तर भोलि पनि आज हालत चलचित्र भयो भने करिब दुई करोड २० लाख बालुवामा पानि हाले सरह हुने छ तीन चलचित्रका निर्माताहरुको पैसा |

45 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *