चलचित्र ‘रिजन अफ रिया’साउन ३० गते देखि छायाँकनमा जाने
धनेश्वर फिल्मस्को ब्यानर निर्माण हुने मिलन आले मगर निर्देशन रहने चलचित्र ‘रिजन अफ रिया’ को केहि दिन अघि राजधानीको गुन्जन स्टुडियोमा सो चलचित्र एक गीत रेकर्ड कार्यक्रममा यस चलचित्रको निर्माण घोषणा गरिएको छ |

विकास चौधरीको संगीत रहने गीतमा अन्जु पन्तले स्वर भरेकी छन् । उक्त गीतको शब्द गीतकार हरी उप्रेतीले रचना गरेका हुन् चलचित्रमा कसिस दाहाल, नविन अधिकारी, करण सिंह बोहरा, विकास थापा मगर लगायतका कलाकारको अभिनय रहने छ । देव महर्जनको द्धन्द्व निर्देशन, यम आले मगरको छायाँकन, खामेश श्रेष्ठ मुख्य सहायक निर्देशक रहने सिनेमाको छायाँकन काठमाडौं र मुस्ताङको जोमसोममा गरिनेछ ।धनेश्वर फिलिम्सको ब्यानरमा निर्माण भएको अर्को चलचित्र सत्या यही आउदो कार्तिक २२ गते लाई मिति तय गरे सगै निर्माण टिम यो चलचित्र घोषणा गरेको हो |