News आगामी सिनेमाहरू

‘दयारानी’ अब फागुन ९ गते देखि प्रदर्शनमा आउने

निर्देशक माओत्से गुरुङको निर्देशन रहेको चलचित्र’ दयारानी’ ले पटक पटक गरी आफ्नु चलचित्र प्रदर्शन मिति अहिले नया मिति ६ महिना पछि अर्थात् फागुन ९ गते लाई तय गरी चलचित्रको पोस्टर सार्वजनिक गरेको छ |

यो चलचित्रले जेष्ठ १० गते लाई पहिलो प्रदर्शन मिति तय गरेको मा त्यस पछि साउन ३० सारिएको थियो सो डेटमा प्रदर्शन हुन् सकेन त्यस पछि अहिले फागुन ९ गते लाई तेश्रो चोटी प्रदर्शन मिति तय गरिएको हो |यो चलचित्र आफ्नु सम्पूर्ण काम सकी बसेको चलचित्र हो ‘दयारानी’ तर हल को अभाब र राम्रो डेटमा केहि ठुला ब्यानरका चलचित्रहरुले चलचित्रको घोषणा गरे सगै प्रदर्शन मिति तय गर्ने र चाड पर्बमा पनि अरु चलचित्र हल ओगटेर बस्ने यहाँ एउटा रोग नै भएकोले हामि जस्तो चलचित्र निर्माण गरि बसेको चलचित्र हल नपाएको कारण यसरी पटक पटक चलचित्र प्रदर्शन मिति सार्न बाध्य भएको यस चलचित्र निर्देशक माओत्से गुरुङ ले जय सिनेमा डट लाई आफनो दुखेसो यसरी व्यक्त गरेका छन् | सिनेमा आर्टस् र माओत्से फिल्मस् ब्यानरमा निर्माण भएको चलचित्रमा  दयाहाङ राई दीया पुन, विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकार पनि अभिनय रहेको चलचित्रमा खराब श्रीमान र दयालु श्रीमती बीचको कथा रहेको छ | 

89 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *