News म्युजिक भिडियो

सुरजको गितमा कुमार आचार्यको निर्देशन

गायक सुरज पौडेलको पहिलो एकल एल्बम ‘मनको खुसि ‘ को ५औ गीत’ सान्नानी  ‘बोलको म्युजिक भिडियो आज जय सिनेमा टिभी मार्फत  सार्वजनिक भएको छ । बिकाश चौधरीको संगीत, सबिना केसीको शब्द रहेको गीतको एरेन्ज बिनोद भुजेलको रहेको गितमा गायक सुरज पौडेलको  स्वर रहेको छ

सार्वजनिक गीतको भिडियोलाई चर्चित संचारकर्मी कुमार आचार्यले निर्देशन गरेका हुन् गीतमा केवल भुजेल, प्रतिक्षा खड्का , चण्डेश्वरी कपाली र आयुष्मा खड्काको अभिनय रहेको छ । भिडियोको छायाँकन रामेश्वर हुमागाईं, कोरियोग्राफी हरिष खनाल, सम्पादन साहिल खान र कलर मनिष गौतमको रहेको छ ।

गायक पौडेलले यस अघि गोलिले लागे झैँ, ठुमकाले ,मन पर्यो मन पर्यो , धेरै पछि जस्ता डान्स बिटका गीतको म्युजिक भिडियो सार्वजनिक गरी सकेका छन् । गायक पौडेलको पहिलो एकल एल्बममा पाँच गीत समाबेस रहेको मा उनले आज सार्वजनिक भएको ‘सान्नानी ‘ बोलको गीत सगै एल्बमको सबै गीतको म्युजिक भिडियो निर्माण गर्ने कमै गायकहरुमा गायक पौडेल पनि परेका छन् ।

सार्वजिक म्युजिक भिडियोमा नायक केवलले तिन नायिका संग निकै रोमान्टिक मोडमा देखिएका छन् । गीतको प्रकृति अनुसार निकै सुहाएको सार्वजनिक म्युजिक भिडियोमा देखन सकिन्छ । हुनत यस अघि गायक पौडेलले नायक केवललाई आफ्नो पहिलो गीतमा नायिका शुष्मा कार्की संग पनि अभिनय गराई सकेका छन् । निर्देशक आचार्य संग गायक पौडेलले यस अघि आफ्नो २ गीतको म्युजिक भिडियो निर्देशन गरि सकेका छन् । आज सार्वजिक भएको म्युजिक भिडियोलाई निर्देशक कुमार आचार्यले आफुले बिगतमा निर्देशन गरेको भिडियो भन्दा अलिक फरक तरिकाले आफुले निर्देशन गरेको र यो भिडियोलाई दर्शकहरुले मन पाराउनेमा आफु आशाबादी रहेको जानकारी गराएका छन् ।

93 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *