News आगामी सिनेमाहरू

चलचित्र ‘निल काँडा ‘को छायाँकन पुर्बबाट सुरु

निर्देशक दिनेशराज शर्माको निर्देशन रहेको चलचित्र’ निल काँडा’ को हिजो सोमबार पुर्बको विर्तामोड बाट शुभ मुहर्त गरि चलचित्रको छायाँकन सुरु गरिएको छ |

मौसम फिल्मस् प्रालिको ब्यानरमा निर्माण भई रहेको चलचित्रमा सरोज खनाल, अर्जुन गुरुङ (भंगेरी डन ) ,रिस्ता बस्नेत ,नब नायक दिपक तिवारी ,नब नायिका तेजश्वनी बास्कोटा ,उमा बेबी ,विक्रान्त गिरि ,श्याम चौधरी ,याम खरेल लगात कलाकारको अभिनय रहेको चलचित्रको कथा तेजश्वनी बास्कोटाको संबाद/पटकथा दिनेशराज शर्मा रहेको छ |


त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने यस चलचित्रमा नब नायक दिपिक तिवारी यस चलचित्रबाट नायकका रुपमा डेब्यु गर्दै छन् उनि लामो समय देखि अमेरिकामा बसोबास गर्दै आईरहेका छन् उनि यस चलचित्रमा मुख्य साहयक निर्देशन समेत स्वयम् तिवारीले नै गर्दै छन् भने चलचित्रमा बरिस्ठ निर्देशक लक्ष्मी नाथ शर्माले यस चलचित्रमा टेक्निकल एड्भाइजर को रुपमा रहेका छन् चलचित्र संगीत बिकाश चौधरीको गीतकारमा हरी उप्रेती ,दिनेस राज शर्मा, आरबी खड्का छायाँकनमा बिनोद सापकोटाको मेकअप बिष्णु कार्की को प्रोडक्सन हेडमा कुमार सिलवाल रहेको छन

चलचित्र यही आउदो मङ्सिर १५ गते को दिन देखि प्रदर्शन मा आउने गरि ३० दिनको सुटिंग सेडुल रहेको चलचित्रको अधिकांस छायाँकन पुर्बको रमणीय स्थलमा छायाँकन गरिने चलचित्रको निर्माता मुना पौडेलले जानकारी गराएकी छिन् |

24 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *