News Uncategorized भिडियो

गायक तिवारीको’ मानिसको चोला ‘सार्वजनिक

गायक दिपक तिवारी स्वर रहेको’ मानिसको चोला’ को म्युजिक भिडियो आज बुढासुब्बा डिजिटल प्रालि को युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ |

संगीतकार बिकाश चौधरी संगीत तथा एरेन्ज रहेको सार्वजनिक गीतमा गायक स्वम को शब्द रहेको गीतको म्युजिक भिडियोमा नायक केवल भुजेल र मोडल सोनी परियारको अभिनय रहेको छ |म्युजिक भिडियोलाई सागर चौहान (किरण )ले निर्देशन गरेका छन् भने भिडियोको छायाँकन गणेश सापकोटाको सम्पादन तथा कलर नेत्र गुरुङको रहेको छ |

ग्लोबल नेपाली मिडियाको प्रस्तुति मा निर्माण भएको सार्वजनिक म्युजिक भिडियो मानिसको जिबनको यथार्थ जिबन संग समन्धित रहेको यो गीत भएकोले गीतको भाब अनुसार कलाकारहरुले पनि निकै मेहेनत गरेको म्युजिक भिडियोमा देखिन्छ सार्वजनिक म्युजिक भिडियो नेपालको सुन्दर शहर पोखराको एक माझी परिवार मा अन्तर जातीय बिबाह पछि समाज भोग्नु पर्ने कथा प्रस्तुत गर्न खोजिएको छ |

गायक तिवारी नेपाल मुलका अमेरिकाका नागरिक हुन् उनि बिगत १५ बर्ष देखि उतै बसोबास गर्दै आईरहेका छन् तर पनि उनि बाल्यकाल गीत गाउने गर्थिए उनले हाल सम्म केहि नेपालीचलचित्रमा स्वर पनि दिईसकेका छन् भने उनले केहि कलेक्सन एल्बम गरि हाल सम्म ४ दर्जन भन्दा बढीमा आफनो स्वर दिईसकेका छन् गायक तिवारीले पछिल्लो म्युजिक भिडियो ‘झिलीमिलि’ बोलको भिडियो सार्वजनिक गरेका थिए जुन छोटो समयमा राम्रो युटुबमा भियुज पाएको थियो |

67 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *