News आगामी सिनेमाहरू सिनेमा

‘रातो टिका निधारमा’ फिल्म नचल्दा ‘छ माया छपक्कै’ अगाडी रिलिज गर्न माग

निर्देशक अशोक शर्माले निर्देशन गरेको चलचित्र रातो टिका निधारमा गत साता असोज १० गते देखि प्रदर्शन आएको थियो तर दर्शक हल सम्म हेर्न पुगेनन् |  निर्माता निर्देशक अशोक शर्माले फिल्मका लागि धेरै मेहेनत गरेको छु भने पनि दर्शकले फिल्म मन पराएनन् । उनले आफु जोगिन फिल्म नचल्नुको कारण प्रदर्शनको समय र पुर्वमा निरन्तर परेको पानी माथि दोष थुपारे । खैर फिल्म चलेन । फिल्म नचल्दा उनलाई त घाटा छ नै संगसंगै हलवालाहरु समेत समस्यामा परेका छन् ।

यस बर्ष खासै फिल्म चलेका छैनन् । अधिकाम्स हलहरु त खाली खाली नै रहे । अझ सिंगल थिएटरको अवस्था अझ नाजुक छ  ।हलवालाको कमाउने समय दशैं नै बनेको छ । तर रातो टिकाले आसातित ब्यापार नगर्दा दर्शक हाल सम्म पुगेका छैनन् । कबड्डी कबड्डी कबड्डीले २ हप्ता राम्रो ब्यापार गरे पनि अब दर्शकले नयाँ फिल्म अपेक्षा गरेका छन् । हलवालाहरु ‘छ माया छपक्कै’ टिमसंग फिल्म चाडै रिलिज गर्न भन्दै निरन्तर सम्पर्कमा छन् । दशैंमा समेत व्यवसाय धरासाई भएको कारण निर्माण टिमले अवस्था बुझेर फिल्म अगाडी नै लगाउन पर्ने उनीहरुको माग छ ।तर छ माया छपक्कैको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम नसकिएको कारण फिल्म अगाडी लगाउन त्यति सहज छैन । दर्शकले राम्रो फिल्म हेर्न पाएका छैनन् चाडबाडको मौसममा पनि ।

हलवालाले फिल्म मागेको बिषयमा प्रश्न गर्दा दिपक राज गिरीले उक्त्त कुरा स्वीकारे । तर फिल्म प्रदर्शनक लागि तयार नभएको कारण अहिले नै दिन नसकिने बताए । “अशोक दाई (शर्मा) ले फिल्म दशैं कब्जा नगर्नु भएको भए हलवालालाइ समेत यो समस्या आउने थिएन । साथै राम्रो फिल्मले कमाउने मौका पाउथ्यो । बिदाको अवसरमा दर्शकले राम्रो फिल्मको मज्जा लिन पाउंथे । तर दाईको राजनीतिको कारण सबैलाई घाटा भयो र यहि रणनीतिले सधै चल्दैन पनि।” उनले भने । उनले ‘यदि हल खाली नै भएको भएको भए छक्क पन्जा ३ पुनः प्रदर्शन गर्न सकिने’ बताए ।निर्माता रोहित अधिकारीले समेत हलवालाहरु निरन्तर सम्पर्कमा रहेको र दर्शक हलमा नआएको गुनासो गरेको बताए ।

71 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *